टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प

काठमाडौँ । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ। सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ। दुई देशमा गरी ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो। उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ। ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।

More News last news
Loading...