फेरि त्रिभुवन विमानस्थल अध्यागमन विभागकाे सर्भरमा समस्या

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागकाे इन्टरनेट नचल्दा नेपालबाट बाहिर जाने र आउने यात्रुहरू समस्यामा परेका छन् । अध्यागमनको सेवा बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका उडान राेकिएपछि यात्रुहरू समस्यामा परेका हुन् ।

अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले इन्टरनेटमा समस्या आउँदा काम रोकिएको र सेवा सुरु गर्ने प्रयास भइरहेको बताउनुभयो । यसअघि पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएकाे थियाे ।

Advertisement

More News last news
Loading...