काठमाडौं । खाना पकाउने (एलपी) ग्यास सिलिण्डर विस्फोट हुँदा गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद एवं कांग्रेस नेता डा. चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। बुद्धनगरस्थित निवासमा गएराति ग्यास सिलिण्डर विस्फोट हुँदा उनी घाइते भएका हुन्।
विस्फोटमा उनकी आमा समेत घाइते भएकी छिन्। कीर्तिपुर अस्पतालमा आईसीयूमा उनीहरूको उपचार भइरहेको छ। भण्डारीको शरीरको २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत शरीर जलेको चिकित्सकले बताएका छन्।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित बर्न सेन्टर पुगेर भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
