सान इन्टरनेशनल कलेजमा स्थानीय उत्पादनको प्रर्दशनी गरिने

स्यारोण घिसिङ/काठमाडौँ । हल्ट प्राईज सान इन्टरनेशनल कलेजले स्थानीय बस्तु, कला तथा उत्पादन सामग्रीहरुको प्रर्दशन गर्ने भएको छ । आउँदो शनिवार माघ २८ गते काठमाडौँको भत्केको पुल स्थित सान इन्टरनेशनल कलेजमा स्थानीय तथा नेपाली सीप, कला, उत्पादन तथा विभिन्न सामग्रीहरुको प्रर्दशन तथा जानकारी गराउने भएको छ।

विहान ९ बजेदेखि बेलुका ५ बजेसम्मा सञ्चालन हुने उक्त प्रर्दशनीमा बागमति प्रदेशका कृषि विकास मन्त्री केशव पोखरेलले उद्घाटन गरिने आयोजकले जनाएको छ। विद्यार्थीहरुको ज्ञान सीप र क्षमतालाई विश्व बजारमा प्रर्वद्धन गर्ने उद्देश्यले सान स्थानीय उत्पादकहरु प्रर्दशन गर्न लागिएको हो।

Advertisement

सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी प्रतिस्पर्धा मानिएको हल्ट प्राईज अन्तरगत पहिलो पटक सान इनटरनेशनल कलेजमा कार्यक्रमको आयोजना हुन लागेको बताएको छ। एकदिवशीय प्रर्दशनीमा १५ भन्दा बढि स्टलहरु रहने आयोजकले जनाएको छ। प्रर्दशनीमा हस्ताकलाबाट बनेका सामाग्री, माटोका भाडा, नेपाली पश्चिमी उत्पादन सहित खाने परिकारहरु रहने भएको छ।

युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु गरिएको हल्ट प्राईज प्रतियोगिता विद्यार्थी र शैक्षिक संस्थाहरुको आकर्षण बढेको छ । कलेजले विध्यार्थीलाई पढाईमा मात्र नभई वाह्य क्रियाकलापमा पनि सहभागी गराई विद्यार्थीको जीवन स्तर उकास्ने हेतुका साथ थुप्रै प्रतियोगितामा सान इन्टरनेशनलले सहभागिता जनाउँदै आएको छ।

More News last news
Loading...