आज यो पालिकामा सार्बजनिक बिदा

बैतडी। दशरथचन्द नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। शहीद दशरथ चन्दको शहादतको दिन माघ १६ गते जन्मनगरमा सार्वजनिक बिदा दिइएको हो।

शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्रका सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्दले जानकारी दिए।

Advertisement

दशरथ चन्दको जन्मभूमि बैतडीमा विविध कार्यक्रम गरी साथ शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले प्रभातफेरी आयोजना गरेको छ। साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर स्मृति दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। नगरपालिकाले नगरस्तरीय महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको छ।

 

More News last news
Loading...