काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहकाे डोजर आतंकविरुद्ध काठमाडाैंमा प्रदर्शन भएकाे छ।मेयर शाहकाे निर्देशनमा डोजर चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको हाे।
प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।
काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
