स्याङ्जा । पुतलीबजार नगरपालिका–११ करेन्डाडास्थित सिद्धार्थ राजमार्गमा बसको ठक्करबाट शुक्रबार साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय याम बहादुर जिटि रहेका छन्।
बुटवलबाट पोखरा जाँदै गरेको ना ४ ख ३८२८ नम्बरको बसले ठक्कर दिँदा जिटिको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर कुँवरले जानकारी दिनुभयो।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
