काठमाडौं l राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ ।
बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको हो । तालिका अनुसार आगामी चैत १७ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ ।
सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ । चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुने छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
