संसद् भवनअगाडि आत्मदाहको प्रयास गरेका आचार्यको निधन

काठमाडौं । संघीय संसद् भवनअगाडि हिजो दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिनुभयो।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते हुनुभएको थियो ।

Advertisement

पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उहाँको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उहाँको उपचार गरिएको थियो।

More News last news
Loading...