कलंकीमा लायन्स क्लब अफ काठमाडौं, हाई भिजनको रक्तदान कार्यक्रम सम्पन्न

कलंकी । लायन्स क्लब अफ काठमाडौं, हाई भिजनको आयोजनामा कलंकी चोकमा (शनिबार) बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्लबको आयोजनामा भएको रक्तदानसँगै बृहत डायबिटिज (मधुमेह), थाईराईड तथा सामान्य स्वास्थ्य परिक्षण पनि गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रमबाट ५५ प्रिन्ट रगत संकलन भएको क्लबले जनाएको छ ।

Advertisement

लायन्स क्लब अफ काठमाडौं, हाई भिजनका तृतीय उपाध्यक्ष लाइन दिपक बहादुर अधिकारीको संयोजकत्वमा सम्पन्न कार्यक्रमलाई कलंकी होटल एण्ड गेस्ट हाउस एसोसियसन, सरोबर फर्मा तथा सुनगाभा भेट फर्माले प्रायोजना गरेका हुन् ।

More News last news
Loading...