सातमुहाने देउराली तमु (गुरुङ) समाजको १३ औँ अधिवेशन, अध्यक्षमा शुन्दर गुरुङ चयन

काठमाडौँ । सातमुहाने देउराली तमु (गुरुङ) समाजको २७ औँ वार्षिक साधारण सभा तथा १३औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले शुन्दर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । हिजो (माघ ७ गते शनिबार) अध्यक्ष बद्धि बहादुर गुरुङको अध्यक्षतामा ललितपुरको कुसुन्ती स्थित समाज भवनमा सम्पन्न अधिवेशनले शुन्दर गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो।

Advertisement

नव निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा खेमु गुरुङ, द्धितिय उपाध्यक्षमा यामु गुरुङ, सचिवमा शमशेर गुरुङ, सह-सचिवमा प्रताप गुरुङ, कोषाध्यक्षमा याम कुमार गुरुङ, सह-कोषाध्यक्षमा देवी गुरुङ निर्वाचित भएका छन्।

यसैगरी, सदस्यहरुमा देव गुरुङ, राजु गुरुङ, भीमकुमारी गुरुङ, पूर्ण गुरुङ, मिना गुरुङ, चन्द्र गुरुङ, कृष्ण बहादुर गुरुङ र उदयराज गुरुङ रहेका छन् । समाजले सो कार्यक्रममा उच्च शिक्षा आर्जन गरेका समुदायका विद्यार्थीहरुलाई पनि सम्मान गरेको छ।

२६ वर्षअघि कास्कीको सातमुहाने देउराली आसपासबाट काठमाडौँ आएर बसोबार गरेका तमु (गुरुङ) समुदायलाई एकीकृत गरि गठन गरिएको समाजले अहिले भने बृहत्त रुप लिएको छ । समाजमा हाल कास्कीको रुपा गाउँपालिका र तनहुँको शुक्लागण्डकी-१ का अधिकांश मानिसहरु सहभागी छन्।

More News last news
Loading...