जङ्गीअड्डामा सेनाको फोटो तथा युनिट प्रदर्शनी, सोमवारसम्म अवलोकन गर्न पाइने

काठमाडौँ । नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ । काठमाण्डौको भद्रकालीमा रहेको जङ्गीअड्डामा हिजोदेखि सुरु भएको फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।

सेना दिवसको अवसरमा सुरु भएको प्रदर्शनी पर्सि सोमवारसम्म चल्ने र सबैले अवलोकन गर्न सक्ने सेनाले जनाएको छ । प्रदर्शनीमा सेनाका विभिन्न युनिटहरुले आफ्ना हतियार, बख्तरबन्द गाडी र उद्धारमा प्रयोग हुने सामग्री अवलोकन गर्न सकिनेछ ।

Advertisement

प्रदर्शनीमा ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोसाक, सैनिक ब्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरु लगायतको विविध सामग्री तथा फोटोहरु पनि राखिएको छ ।

More News last news
Loading...