लगातार दुई दिन बिदा

काठमाडौँ । सरकारले आगामी ८ गते सार्बजनिक बिदा दिएको छ । तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा ८ गतेका लागि सरकारले सार्बजनिक बिदा दिएको हो । अघिल्लो दिन ७ गते शनिबार परेको छ। सोनाम ल्होसारका अवसरमा सो समुदायले देशका विभिन्न भुभागमा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई विदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक विशेषता–विधिता बोक्ने मुलुक हो ।

Advertisement

पहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रुपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाँउथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरु खडा भएका हुन् ।

तामाङ समुदायबारे लेखिएका पुस्तकहरु अनि शोधहरु अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरु भन्ने बुझिन्छ । यसअर्थ, साहसीहरुको समुदाय तामाङहरु वास्तवमै आफ्नो साहस, विरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होछार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

सोनाम ल्होछार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरुले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन् । ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ ।

More News last news
Loading...