काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतक चयन भएका छन्। नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो।
काफ्ले प्रदेशसभामा दोलाखा १ (१) बाट निर्वाचित सांसद हुन् । काफ्लेले एमालेका नरबहादुर श्रेष्ठलाई ८,०४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री समेत रहेका काफ्ले नेपाली कांग्रेसको केन्द्रीय समितिका सबैभन्दा कान्छो सदस्य पनि हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
