कोरिया आएको ७ महिनामै एक युवतीले गरिन् झुण्डिएर आत्महत्या

काठमाडौ । दक्षिण कोरियाआएको सात महिनामै सिन्धुपाल्चोक घर भई हाल दक्षिण कोरियामा रहेकी २७ बर्षिय निर्मला तामाङले झुन्डिएर आत्महत्या गरेको नेपाली राजदुतावास दक्षिण कोरियाले जनाएको छ ।

सिन्धुपाल्चोक मेलम्ची घर भइ विगत ७ महिना अगाडि मात्रै इपिएस भिषामा दक्षिण कोरियामा कार्यरत निर्मला तामाङ विगत काम गरेको कम्पनी छोडेर नयाँ कम्पनीमा काममा लागेको ४/५ दिन मात्र भएको निकटतम साथीहरुले जनाएका छन ।

Advertisement

कम्पनिको काममा नियमितता नभईसकेकि उनले २०२३ जनवरी ९ तारिख करिब साझ ५:३० तिर आफनै कोठामा झुन्डिएको अवस्थामामृत भेटिएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाका सचीव विशाल श्रेष्ठले जानकारी दिए ।

उनी कम्पनिमा श्रम सम्झौता गरेको तर काममा भने लागेकी थिईनन साथीहरु कामबाट फर्किदा झुन्डिएको अवस्थामा साथीलाई देखेपछि कम्पनीमार्फत प्रहरीलाई खबर गरेका थिए । मृतकको श्रीमानले पार्थिव शरिर नेपाल झिकाईदिनुहुन अनुरोध गरेकोले सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले विभिन्न संस्थासंग समन्वय गर्दै सहयोगको अपिल साथै सहयोग अभियान संचालन गर्ने जनाएको छ ।

More News last news
Loading...