बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल नियुक्त

हेटौंडा l नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। ७० सांसदको समर्थनसहित दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

गठबन्धनका घटक दलहरू नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासहित नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा जम्मकट्टेलले मुख्यमन्त्रीमा दावी पेस गरेका थिए।

Advertisement

११० सदस्यीय बागमती प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुनको लागि ५६ सांसदको समर्थन आवश्यक हुनेमा उनलाई ७० सांसदको समर्थन प्राप्त भएको हो। उनलाई एमालेको २७, माओवादीको २१ ,राप्रपाको १३, समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।

More News last news
Loading...