दार्चुलामा तुइनबाट खसेर १० वर्षिय बालक बेपत्ता

दार्चुला । दार्चुला व्याँस गाउँपालिका-४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन्। नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षिय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता हुन्।

बिहिवार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ। व्याँस क्षेत्रमा संचार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो।

Advertisement

उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए। यो पनि-दर्ता र नविकरण बिना नै बर्षै देखि अबैध रुपले सञ्चालन गरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युतिय लाईन काटिएर बन्द गराउने कार्य शुरु गरिएको छ।

More News last news
Loading...