सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं l काठमाडौं, सुनसरी र चितवनमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका ७ मा गएराती स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका ७ का ३८ वर्षीय पशुपति डंगोल रहेका छन्।

राती पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो। दुर्घनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरी वृत बालाजुले जनाएको छ।

Advertisement

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका ११ मा हिजो बेलुकी सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका १० की २१ वर्षीया सोल्जा ठाकुर रहेकी छिन्। हिजो बेलुकी ७ बजे दुई साइकल आपसमा ठोक्किदा विपरित दिशाबाट आउँदै गरेको को १ त ४३७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराट नर्सिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो।

यस्तै, चितवनको भरतपुर महानगपालिका २९ केराबारीमा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका ८ का ३८ वर्षीय सञ्जिव बहादुर रायमाझी रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। ना ६ ख ३३१२ नम्बरको ट्रकले बागमती प्रदेश ०३ ००३ प ६५७४ नम्बरको मोटरसाइकललाई हिजो साझ साढे ६ बजे ठक्कर दिएको हो। ठक्कर दिने ट्रक सहित चालकलाई प्रहरी चौकि जुगेडीले नियन्त्रणमा लिएको छ।

More News last news
Loading...