काठमाडौँ l काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लामा छुट्ने रात्रिबस गंगबुस्थित नयाँ बसपार्कमा मात्रै पार्किङ गर्न पाइने भएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबार सूचना जारी गरी जथाभावी पार्किङ गर्दा दुर्घटनाको जोखिम हुने भन्दै यस्तो व्यवस्था गरिएको जनाएको हो।
‘जथाभावी पार्किङ गर्नाले सवारी दुर्घटनाको जोखिम हुनुका साथै ट्राफिक जाम समेत हुने भएकाले अब उप्रान्त गंगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्नु हुन अनुरोध गरिएको छ’, सूचनामा भनिएको छ।
यसअघि चावहिल लगायत क्षेत्रमा पार्किङ गर्ने गरिएको थियो। यसबाट ट्राफिक जाम हुने गरेकाे थियाे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
