काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे निर्वाचित हुनुभएको छ । काठमाडौँमा भएको महाधिवेशनले पाण्डेको अध्यक्षतामा ३६ सदस्यको कार्यसमिति गठन भएको हो।
नयाँ बनेको कार्यसमितिको उपाध्यक्ष पदमा कांग्रेसकै लक्ष्मणबहादुर शाही निर्वाचित हुनु भएको छ । शाही जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ ।
यसैगरि महासचिव पदमा नेकपा एमालेको तर्फबाट स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा निर्वाचित अध्यक्ष खिमबहादुर थापा र सचिवमा एमालेकै सिन्धुलीको फिक्कल गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवार निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट चयन हुनुभएको छ ।
पदाधिकारीसहित महासङ्घको ३६ सदस्यीय कार्यसमिति चयन भएको छ । जसमा विभिन्न गाउँपालिकाका अध्यक्ष २७ जना र नाै जना उपाध्यक्ष र एक जना कार्यसमिति सदस्यमा पाल्पाको तिनाउ गाउँपालिकाका वडा सदस्य भवानी न्यौपाने चयन हुनुभएको छ। नयाँ गठन भएको कार्यसमितिमा ३६ जना पदाधिकारीमध्ये नाै जनामात्रै महिला सदस्य चयन भएका छन्।
नयाँ कार्यसमिति सूची
अध्यक्ष : लक्ष्मी पाण्डे, हुप्सेकोट गाउँपालिका
उपाध्यक्ष : लक्ष्मणबहादुर शाही, हिम गाउँपालिका
महासचिव : खिमबहादुर थापा, कालीगण्डकी गाउँपालिका
सचिव : पार्वती सुनुवार, फिक्कल गाउँपालिका
कोषाध्यक्ष : उमेश भट्ट, अजयमेरु गाउँपालिका
सदस्यहरू:
इन्द्रबहादुर कार्की, गन्यापधुरा गाउँपालिका अध्यक्ष
लोकबहादुर मोक्तान, कैलाश गाउँपालिका अध्यक्ष
गोविन्दप्रसाद थपलिया, शिवपुरी गाउँपालिका अध्यक्ष
सितमाया गुरुङ, नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष
रिता देवकोटा, सिरनचोक गाउँपालिका उपाध्यक्ष
जयनारायण साह, झापा गाउँपालिका अध्यक्ष
वविकुमार राई, मिक्लाजुङ गाउँपालिका अध्यक्ष
भवानी न्यौपाने, तिनाउ गाउँपालिका (वडासदस्य)
हरिश्चन्द्र राना, बेल्डाडी गाउँपालिका अध्यक्ष
तेजबहादुर थापा, काँठेखोला गाउँपालिका उपाध्यक्ष
मञ्जु मल्ल खजुरा गाउँपालिका उपाध्यक्ष
दिनेशकुमार चौधरी, पर्टेवा सुगौली गाउँपालिका अध्यक्ष
प्रमोद पोख्रेल, झिमरुक गाउँपालिका उपाध्यक्ष
दीलकुमारी लावती, चुलाचुली गाउँपालिका उपाध्यक्ष
सुमन मिसिचिन, केराबारी गाउँपालिका अध्यक्ष
उग्रनारायण यादव, भगवानपुर गाउँपालिका अध्यक्ष
रामकुमार आचार्य थाक्रे, गाउँपालिका अध्यक्ष
सरस्वती चिदी, बगनाशकाली गाउँपालिका उपाध्यक्ष
सनशिलता ओली, कालमिाटी गाउँपालिका उपाध्यक्ष
दुर्गादत्त ओझा,जोरायल गाउँपालिका अध्यक्ष ।
विद्यानन्द चौधरी, छिन्नमस्ता गाउँपालिका अध्यक्ष
निशान्त शर्मा, चिसंखगढी गाउँपालिका अध्यक्ष
शम्भुकुमार सिंह, दुर्गाभगवती गाउँपालिका अध्यक्ष
दिपा बोहोरा दाहाल, सुनकोशी गाउँपालिका अध्यक्ष
लोकप्रसाद बञ्जारा, भिमसेन थापा गाउँपालिका अध्यक्ष
भूपाल पोखरेल, धुर्कोट गाउँपालिका अध्यक्ष
पूर्ण धिताल, सिञ्जा गाउँपालिका अध्यक्ष
सञ्जु प्याकुरेल, तादी गाउँपालिका उपाध्यक्ष
दुर्गाबहादुर पुन, कपुरकोट गाउँपालिका अध्यक्ष
दीपनारायण मण्डल, एकडरा गाउँपालिका अध्यक्ष
अशोककुमार जयसवाल, बारागढी गाउँपालिका अध्यक्ष
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
