काठमाडौं । जाजरकोटमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ। प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।
आज दिउँसो साढे ४ बजे छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट सोही नगरपालिकाको वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो।
चालक मान बहादुर रावतले चलाएको कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिम रहेको छ।
मृतकको नामावली
चालक मानबहादुर रावत – भगवतीमाई गाउँपालिका– २ दैलेख
अम्मर बहादुर खड्का – भगवतीमाई गाउँपालिका दैलेख
सुरेन्द्र केसी – भगवतीमाई –३ दैलेख
वीर बहादुर खत्री – छेडागाड नगरपालिका–६ जाजरकोट
जयकुमार बुढा – छेडागाड ५ जाजरकोट
नैसरा अधिकारी – छेडागाड ५ जाजरकोट
राम बहादुर बुढा – छेडागाड ६ जाजरकोट
दीपक अधिकारी – छेडागाड ५ जाजरकोट
देवीसरा बुढा – छेडागाड ५ जाजरकोट
अम्मर बहादुर अधिकारी – छेडागाड ५ जाजरकोट
निशा अधिकारी – छेडागाड जाजरकोट
घाइते छेडागाड – २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
