श्रमिकका पक्षमा काम गर्न माग गर्दै ट्रेड यूनियन कांग्रेस तारकेश्वरद्वारा नगर प्रमुखलाई १० बुँदे ध्यानाकर्षण
काठमाडौं l नेपाल ट्रेड यूनियन कांग्रेस तारकेश्वरले नगर प्रमुख कृष्णहरि महर्जन र उप प्रमुख सिर्जना बुर्लाकोटीलाई तारकेश्वरमा रहेका श्रमीकका पक्षमा काम गर्न १० बुदे ज्ञापनपत्र बुझाएको छ ।
नेपाल ट्रेड यूनियन कांग्रेस तारकेश्वर नगर समितिका अध्यक्ष अचुत ओझाको नेतृत्वमा टोलीले नगरप्रमूख उपप्रमुखलाई तारकेश्वर नगरमा रहेका श्रमीकका पक्षमा काम गर्न (आइतबार) १० बुदे ध्यानाकर्षण गराएको हो ।
यूनियनका अध्यक्ष ओझाले श्रम मैत्री निति लिएर तारकेश्वर स्थानीय सरकार अगाडि बढदै गरेकाेमा धन्यवाद दिदै उनले बनेका नीतिलाई कार्यनयन गर्न आवश्यक कानुन र कार्यविधि बनाएर तत्काल लागू गर्न माग गरे।
सामाजिक सुरक्षा काेष, श्रम बिमा, न्यूनतम बेतन र पेशागत सुरक्षा र स्वास्थ लगाएतकाे विषय उठाएका थिए । तारकेश्वर स्थानीय सरकार प्रमुख र उपप्रमुखबाट तत्काल श्रम समन्वय समिति गठन गरि श्रमिकका समस्या समधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफुहरुपनि श्रमिक नै रहेकाे र गरिखानेकाे पक्षमा हिजाे पनि उभिएकाे, आज पनि उभिइरहेको र भाेलि पनि उभिने विश्वास दिलाए । श्रमिकका कुनै समस्या भएमा समधान दिन नगरकाे ढाेका सधै खुला रहने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
