काठमाडौँ । दोलखाको प्रतिनिधिसभा निर्वाचनमा सत्तागठबन्धन (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी भएका छन्।
एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीलाई झिनो मतान्तरले पराजित गर्दै कार्कीले जित निकालेका हुन्। संघमा एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखामा कार्कीले सिवाकोटीलाई ३१७ मतान्तरले पराजित गरेका हुन्। कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सिवाकोटीले ३६ हजार ४ सय ८२ मत प्राप्त गरे।
दोलखामा कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।
कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो। त्यहाँ ३ हजार ४ सय ७९ मत बदर भएको छ। दोलखा प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा–२ मा नेकपा एमालेका भरत केसी विजयी भएका छन्।
दोलखामा समानुपातिक गणना भने जारी नै रहेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
