दाेलखा l प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रमध्ये दोलखाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ ।
दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिइरहेका छन् । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याएका छन् ।
मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि परेका थिए । तर हिजो दिउँसोदेखि फेरि उनले अग्रता लिएका छन् । उनीहरुबीच १ सय ६३ को मतान्तर रहेको छ।
अहिलेसम्म एक सय ६४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा मूख्यतः नेपाली कांग्रेसले ५७ ठाउँमा जितेको छ । यस्तै, एमालेले ४४, माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७र७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
