बयर खान जंगल गएका दुई युवतीको शव फेला

काठमाडौँ । बाँकेको राप्ती नदी किनारमा दुई जनाको शव फेला परेको छ। राप्तीसोनारी गाउँपालिका–६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

प्रहरीका अनुसार, उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा बेपत्ता भएका हुन्।

Advertisement

बेपत्ता भएका उनीहरुको खोजीगर्ने क्रममा आइतबार दिउँसो मात्र राप्तीसोनारी गाउँपालिका–६ अन्तर्गत खल्लाटपरीमा शव भटिएको हो।

More News last news
Loading...