काठमाडौं । धनगढीमा हिजो ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव आफन्तले बुझेका छन् । आज चेतनाका आफन्त र प्रशासनबीच सहमतिपछि उनीहरूले शव बुझेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
आजै शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने तयारी गरिएको छ । प्रहरीका अनुसार ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र चारदिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
