पहिलोपटक म्युजिक भिडियाेमा देखिए प्रवासी व्यवसायी इन्द्रहाङ (भिडियाे)

काठमाडौं l प्रवासी युवा व्यवसायी इन्द्रहाङ लिङ्देनले म्युजिक भिडियोमा देखिएका छन् । उनी ‘तिमी गीत जिन्दगीको’ बोलको म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा देखा परेका हुन् ।

उनीसँगै नायिका उपासना नेम्बाङ अभिनीत उक्त भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । ‘तिमी गीत जिन्दगीको’ गीतको शब्द सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ राईले लेखेका हुन् ।

Advertisement

बीबी अनुरागीको संगीत रहेको यस गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । नेपालको सुन्दर कुलेखानीमा छायांकन गरिएको हो । भिडियोमा कमल राईको निर्देशन, मुकेश ढकालको छायांकन, र मनोज कार्कीको सम्पादन रहेको छ ।

यस्तै सहायक कोरियोग्राफी सुमित गुरुङ र श्रृङ्गार मनोज लामाको रहेको छ । बेलायतमा रेस्टुरेन्ट संचालन गर्दै आइरहेका उनी हालसालै नेपालमा सुरुवात ‘जाउँगुरु’ राइड शेयरिङ एपका लगानीकर्तामध्येका एक हुन् ।

More News last news
Loading...