काठमाडौं उपत्यकाका डान्स, दोहोरी रेष्टुरेण्ट र लाउन्ज एण्ड बार राती दुई बजेसम्म खोल्न पाइने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको गत मंगलबार बसेको सुरक्षा समिति बैठकले यस्तो निर्णय गरेको हो । रात्रिकालिन व्यवसायलाई समयबद्ध रुपमा सञ्चालन गर्नेगरी यस्तो व्यवस्था मिलाएको जनाइएको छ।
यस्तै, बैठकले लिकर सपहरू (बोतलबन्द बिक्री हुने) राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, क्लब र डिस्को बिहान चार बजेसम्मै खेल्न पाउने निर्णय पनि गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
