काठमाडौं । काठमाडौंमा प्रसंसनीय खोज दृष्टिकोण सम्बन्धी प्रशिक्षण हुने भएको छ । इस्टर्न रिसर्च इन्स्टिच्युट अफ पोजिटिभ साइन्सको आयोजनामा पुष १ गतेदेखि ४ गतेसम्म हुने उक्त प्रशिक्षणमा प्रशंसनीय खोज प्रशिक्षण हुन लागेको हो ।
आयोजक संस्थाका अनुसार, सकारात्मक रुपान्तरणका लागि तालिम तथा अनुसन्धान कार्य गर्ने उद्देश्यले यो प्रशिक्षणको आयोजना गरिएको हो । यो संस्थाले स्थापनाकालदेखि नै विद्यालय तथा विश्वविद्यालय, राष्ट्यि तथा अन्तर्राािष्ट्रय गैरसरकारी संस्था, बैक तथा निजी संघ संस्थासँग सहकार्य गरी तालिम तथा अनुसन्धान कार्य सञ्चालन गर्दै आएको छ ।
प्रशंसनीय खोज दृष्टिकोणले व्यक्ति, परिवार, समाज, तथा संस्थाहरुमा सुषुप्त अवस्थामा रहेका सकारात्मक पक्षको उजागर गर्दै आएको छ । चार दिनसम्म सञ्चालन हुने यस तालिमका सहजीकरण यस विधिका संस्थापक प्रोफेसर डा। डेभिड कुपर राइडर तथा प्रोफेसर डा. रोनाल्ड फ्राईका विद्यार्थी तथा सर्टिफाइड प्रशिक्षक डा. राम चन्द्र लामिछानेले गर्नेछन् ।
चारैतिर नैराश्य र नकारात्मकता वढी रहेको समयमा प्रसंसनीय खोज दृष्टिकोणका प्रशिक्षकहरुको प्रशिक्षणले प्रत्येक ब्यक्ति, परिवार, संस्था, समुदाय र समाजमा भएका सकारात्मक कुराहरुको खोजी गरी सकारात्मक वातावरण निर्माण गर्न सकिने भएकोले धेरै भन्दा धेरै जनालाई प्रसंसनीय खोज दृष्टिकोणको बारेमा दक्ष बनाउने उद्धेश्यले यो तालिम आयोजना गरिएको आयोजक संस्थाका कार्यक्रम निर्देशक रिवाज लामिछानेले बताए ।
तालिममा आवेदनका आधारमा छनौट भएकाहरु मात्र सहभागि हुन पाउने छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
