काठमाडौं १० मा कांग्रेसको अग्रता कायमै, माओवादीभन्दा दोब्बरमतले घण्टीको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उमेद्वार राजेन्द्रकुमार केसीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । केसीले ४८०१ मत ल्याएका छन् ।

कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ३३७८ मत ल्याएर पछ्याइरहेका छन् । विष्टको भन्दा आधा कम मत ल्याएर माओवादी उमेद्वार अञ्जना विशंखे पाँचौँ स्थानमा छन् । विशंखेले १५४३ मत पाएकी छन् । यो मत राप्रकाका उमेद्वारको भन्दा पनि कम हो ।

Advertisement

नेकपा एमालेका हिमेश केसीले २८४२ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले १६०४ मत छ।

More News last news
Loading...