एमालेले खाता खोल्यो, ललितपुर-२ मा प्रेमबहादुर विजयी

ललितपुर । ललितपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित हुनुभएको छ।

सोमवार साँझ सम्पन्न मतगणनामा एमालेका महर्जन १९ हजार ८३४ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्धन्दी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४४० मत ल्याउनुभएको छ ।

Advertisement

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत ल्याउनुभएको छ ।

सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका कृष्णलाल महर्जनले भने ९ हजार ५३९ मत पाउनुभएको छ ।

More News last news
Loading...