काठमाडौँ । पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । प्रहरीले निरौलासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल रहेका छन् । उनीहरूलाई अहिले प्रहरी प्रभात बुढानिलकण्ठमा राखिएको छ।
पैसा बाँड्न लागेको सुराक पाएपछि पिछा गरेको प्रहरीले उनीहरूलाई हात्तिगौंगास्थित युरो स्कुल नजिकै बुढानिलकण्ठ-६ का कर्मचारी बुद्द लक्ष्मी तामाङको घरबाट पक्राउ गरेको हो ।
काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल कांग्रेस नेतृत्वको गठबन्धनका उमेद्वार प्रदीप पौडेलसँग चुनावी प्रतिस्पर्धामा छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
