पोखरा l नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजु थापा लाेकप्रिय र जनप्रिय नेता भएकाे बताएका छन् ।
महामन्त्री थापाले एक भिडियाे सन्देश मार्फत स्याङ्जा क्षेत्र नं १ मा राजु थापालाई बिजयी गराउन आग्रह गर्दै गगनले भनेका छन्, “आगामी संसदमा ठुलाे राजनीतिक परिवर्तनका संकल्प गरेका छाैं, त्याे परिवर्तनका लागि उहाँ सारथी बन्न सक्नुहुन्छ ।”
राजु थापाकाे संसदमा उपस्थितिले स्याङ्जाबासीलाई गाैरव गर्ने ठाउँ रहने मात्र नभई आफूहरूलाई पनि ठुलाे सहयाेग र भर पर्ने ठाउँ हुने गगनकाे भनाइ थियाे ।
विकासप्रेमी एवं लाेकप्रिय राजु थापा स्याङ्जा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार रहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
