नेशनल अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु, पहिलो दिन १९० को उपचार

कलंकी । काठमाडौँ कलंकीमा रहेको नेपाल नेशनल हस्पिटल र लाईन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको संयुक्त आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।

विश्व मधुमेह दिवसको अवसर पारेर कार्तिक २८ गते देखि मंसिर ०२ गते सम्म शिविर सञ्चालन हुने भएको हो। अस्पतालमा शुरु भएको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन मात्रै १९० जनाको उपचार भएको अस्पतालका व्यवस्थापक समिर शर्माले जानकारी दिए ।

Advertisement

शर्माका अनुसार, शिविरमा निःशुल्क सुगर प्रेसर बी. एम.आई. सेवा र सम्पूर्ण विषेशज्ञ सेवा हुनेछ। अन्य सम्पूर्ण सेवामा २० देखि २५ प्रतिशत छुट हुनेछ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाश पौड्यालले विश्वमा नसर्ने रोगको महामारीका कारणले धेरैले अकालमा ज्यान गुमाउनु परेको बताउँदै रोगको समयमै पहिचान र नियमित चेक जाँच गर्नुपर्ने बताए ।

पौडेलले भने, नसर्ने रोगमध्येको प्रमूख रोग हो चिनी रोग । यो रोग लागेपछि विभिन्न अंगमा असर गर्दछ। जस्तै, आँखा, मुटु, मृगौला र नसामा धेरै समस्या आउँछ। रोगको समयमै पहिचान र नियमित चेक जाँच गर्न विशेषज्ञको परामर्श लिएर यस्ता नसर्ने रोगहरूबाट जोगिनु पर्छ ।

शिविरमा बोल्दै लायन्स क्लवका अध्यक्ष शंकर घिमिरेले आगामी दिनमा पनि विभिन्न स्वास्थका कार्यक्रममा नेशनल अस्पतालसँग हातेमालो गर्दै आगाडि बढ्ने बताए ।

More News last news
Loading...