काठमाडौं । प्रदेश १ सरकारले भोली प्रदेश १ मा सार्वजनिक बिदा दिएको छ । प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोकबिदा दिने निर्णय गरेको हो ।
गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको आज बिहान विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो ।
प्रदेश सरकारले बिहीबार एक दिन झण्डा आधा झुकाउने पनि निर्णय गरेको प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव प्रदेश सचिव अर्जुन निरौलाले बताउनुभयो । थापा ४ मंसिरमा हुने मोरङ क्षेत्र ३ को प्रदेशसभा ‘१’ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा निर्वाचन आयोगले भोलि नै उम्मेदवारी मनोनयको मिति आज नै सार्जनिक गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
