काठमाडौँ थरर पारेको भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोक

काठमाडौँ । आज बुधबार दिउँसो गएको भूकम्पको केन्द्रबिन्दू सिन्धुपाल्चोक रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, दिउँसो ३ बजेर ७ मिनेट जाँदा आएको भूकम्पको ५.९ म्याग्नेच्युटको हो ।

Advertisement

भूकम्पपछि काठमाडौंमा मानिसहरु घर बाहिर निस्किएका छन् । केन्द्रबिन्दू सिन्धुपाल्चोक भएपनि भूकम्पको धक्का काठमाडौँ, ललितपुर, भक्तपुरसहित धादिङ, गोरखा, चितवन, बनेपामा पनि महसुस भएको छ।

केन्द्रबिन्दू आसपासका क्षेत्रमा भूकम्पको भौतिक र मानवीय क्षतिबारे भने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ल प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

More News last news
Loading...