काठमाडौँ ९ (क) प्रदेशसभा सदस्य पदका उमेद्वार थापाका यस्ता छन् चुनावी एजेन्डा

'म नेता होइन जनसेवक बन्न आएको हुँ'

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेशसभा सदस्य पदका धारो चिन्हदारी उमेद्वार विनोद थापाले आफ्ना १० बुँदे चुनावी एजेन्डा सार्बजनिक गरेका छन् । थापाले आज सामाजिक सञ्जाल मार्फत आफ्नो १० बुँदे चुनावी एजेन्डा सार्बजनिक गरेका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश सभा सदस्य पदका उमेद्वार थापाले आफुँ जनताको नेता हुन नभइकन जनसेवक हुन राजनीतिमा होमिएको बताएका छन् ।

Advertisement

“हाम्रो संस्कृति हाम्रो पहिचान, संस्कृति रक्षाका लागि पानीको धारा चिह्नमा मतदान” भन्ने मुल मन्त्र बनाएका थापाले पहिलो बुँदामै आफुँ कुनै पनि दलीय लोभलालच र दबाब रहित भएर राष्ट्र र समाजको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

उमेद्वार थापाले, युवाहरुलाई युवा रोजगारका लागि वातवरण बताउने, महिलाहरुका लागि सीपमुलक तालिमको ब्यवस्था मिलाउनेदेखि लिएर क्षेत्रभित्रका जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक भवन बनाउन पहल गर्ने सम्मका एजेन्डा प्रस्तुत गरेका छन् । स्वतन्त्र उमेद्वार थापाले चुनाव चिन्ह पानीको धारो पाएका छन् ।

यस्ता छन् काठमाडौँ ९ (क) प्रदेशसभा सदस्य पदका उमेद्वार थापाका चुनावी एजेन्डा

कुनै दलीय लोभलालच र दबाब रहित भएर राष्ट्र र समाजको हितमा काम गर्न म प्रतिबद्ध छु ।

यस क्षेत्रभित्र जेष्ठ नागरिकहरुका लागि जेष्ठ नागरिक भवन बनाउन पहल गर्ने ।

तीनै तहका सरकारद्वारा हुने विकास निर्माणका काममा भ्रष्टाचार हुन नदिने र कामको निगरानी राख्ने।

यस नौ नम्बर क्षेत्र अन्तर्गत रहेका माल, भूमिसुधार, वडा कार्यालय लगायतका सरकारी र अर्ध सरकारी कार्यालयको निरीक्षण र निगरानी गरी जनताको काम सहज गर्ने तथा भ्रष्टाचार र घुसखोरी रोक्ने।

खानेपानी, ढल निकास तथा बाटोको स्तरोन्तीका लागि तीनै तहका सरकारसँग समन्वय गरेर कार्य सम्पन्न गर्ने।

गरीब तथा असहायका लागि स्वास्थ्य सेवा उपलब्ध गराउन वैकल्पिक व्यवस्था गर्ने।

नौ नम्बर क्षेत्रलाई स्वच्छ र हराभरा बनाउन स्थानीय सरकार र स्थानीय समुदायसँग मिलेर काम गर्ने l

गरीब तथा असहाय बालबालिकाको लागी सरकारबाट छुटाएको छात्रवृद्धिको पूर्णरुपमा लागु गराउने ।

महिला दिदीबहिनीहरुका लागि सीपमुलक तालिमको ब्यवस्था मिलाउने ।

युवा रोजगारका लागि वातवरण श्रृजना गर्ने l

More News last news
Loading...