मेष : यो साता अतिथिको रूपमा सत्कार पाइएला । ससाना यात्राबाट राम्रो फल मिल्नेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्चसमेत बढ्ने योग छ । यो साताका लागि शुभ अङ्क १,४ र शुभ रङ्ग सिन्दुरे वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य गर्दा राम्रो हुनेछ ।
वृष : यो सातमा धार्मिक यात्राको योग छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको अन्त्यमा अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिथुन : यो साता महत्वपूर्ण अवसर गुम्न सक्नेछ । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले मंगलवारबाट शुभकार्यको चर्चा चल्नेछ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट–यो साता विद्या तथा प्रतिष्पर्धामा सफल भइनेछ । दाजुभाइ र दिदीबहिनीहरूबाट समेत सहायता मिल्नेछ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्ने छ । साताको अन्त्यमा चुनौतीको सामना पनि गर्नुपर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
सिंह– यो साता मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग आकाशे वा गुलाबी हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।
कन्या– यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
तुला– यो साता अनावश्यक झमेलामा परिएला, तर महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।
वृश्चिक– यो साता मनोरञ्जनमा सहभागी भइएला । आफ्नै प्रयासमा सुनिश्चित गरिएका कार्यबाट सफलता प्राप्तिको योग छ । लुकेको प्रतिभा र व्यवसायिक योग्यताको सहज विकास हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ । पारिवारिक वातावरण सुमधुर रहनेछ । यो साताका लागि शुभ अङ्क १, ८ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
धनु–यो साता प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । रमाइलो यात्रा पनि होला । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक लाभ मिल्नेछ ।
मकर–यो हप्ता अचल सम्पत्ति हात पर्ने योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सुखसुविधा भोग गर्न पाइनेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइने र आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा निलो हो । शुभकर्म गर्नु पूर्व बगलामुखीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक राम्रो हुनेछ ।
कुम्भ– यो साता चित्त दुख्ने समाचार सुन्नु पर्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ कल्पना र भावुकतामा मन रुमल्लिने सम्भावना छ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक शुभ फल मिल्नेछ ।
मिन–यो साता न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कुनै कुराले अनुहारमा चमक आउनेछ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागिता भइएला । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग गुलाबी वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
