‘एक पटक मौका दिनुस्, अर्को पटक खोजिखोजी भोट हाल्ने बनाउँछु’

प्रदीप पौडेल भन्छन्,

काठमाडौँ । काठमाडौँ-५ का प्रतिनिधिसभा सदस्य पदका उमेद्वार प्रदीप पौडेलले एक पटक आफुँलाई मौका दिए अर्को पटक खोजी खोजी भोट हाल्ने अवस्था बनाउने बताएका छन् ।

गठबन्धका साझा उमेद्वार तथा कांग्रेसका प्रभावशाली नेता पौडेलले आज काठमाडौँ ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै आफुँलाई एक पटक अवसर दिन आग्रह गर्दै यसअघि चुनाव जितेकाले जनताको काम नगरी जनविरोधी काम गरेको र यस क्षेत्रमा केही नगरेको आरोप लगाएका छन् ।

Advertisement

नेता पौडेलले भने, कसैले धेरै फुर्ती नगरे हुन्छ। चुनाव जित्ने अनि जनताको पक्षमा काम नगरी जनविरोधी काम गर्नेहरुले यो क्षेत्रमा केही गरेका छैनन्। हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं, हामीलाई मौका दिनुस्, हामीले अर्को चुनाव लड्दै गर्दा हामीले भाट मागिरहनु पर्दैन। हामीलाई खोजिखोजी भोट हाल्ने स्थिति हामी निर्माण गर्न चाहन्छौैैं।

नेता पौडेलले, कांग्रेस राजनीतिक संस्कृति विकास गर्ने पार्टी भएको बताउँदैै समाजलाई परिवर्तनको बाटोमा लिएर जाने प्रक्रियाको नेतृत्व पनि यहि पार्टीेले गरेको बताए ।

आजको दिनमा समाजलाई प्रगतिको बाटोमा लिएर जाने, परिवर्तनको बाटोतिर लिएर जाने सन्दर्भमा हामी अलिबढी अलमलिएको स्थिति छ। हाम्रो लोकतान्त्रिक निष्ठाामाथि कसैले प्रश्न गर्दैन, त्यसमा दुविधा भएन। तर, राजनीति निष्ठका लागि हो, राजनीति इमानका लागि हो, राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्छ।

More News last news
Loading...