काठमाडौं–८ बाट प्रतिनिधिसभा सदस्यमा उमेद्वारी दिने समाजसेवी ताराबहादुर कुँवरको घोषणा

काठमाडौँ l काठमाडौंका लोकप्रिय समाजसेवी ताराबहादुर कुँवरले काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदारी दिने घोषणा गरेका छन् l समाजसेवी कुँवरले (बुधबार) सामाजिक सञ्जालमा एक सूचना जारी गर्दै आगामी मक्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा तर्फ काठमाडौं क्षेत्र नं ८ बाट स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेका हुन् l

कुँवरले आफ्नो जन्म काभ्रेमा भएपनि ११ वर्षको कलिलो उमेरदेखि यहि कर्म भूमि बनाएर बसेको र यहाँको सबै विषय वस्तु बुझेको भन्दै आफूले सो क्षेत्रलाई न्याय गर्ने बताए l

Advertisement

कुँवरले लेखेका छन्, “बिजया र नबदुर्गा भबानी माताको कृपाले ११ बर्षको उमेरमा आयर काठमाडौंको छेत्र नम्बर ८ लाई कर्मभुमी बनाएर ज्यामी डकर्मी ठेला गाडा सेक्युरिटी गार्ड लुगा सिलाई बुनाई, रिक्सा चालक टेम्पु ट्याक्सी, बिक्रम टेम्पो, मिनि ट्रक, ट्रकको ड्राइभर हुँदै हाल डोजर यक्जाबेटर सहितको चालक हुँदै यहाँसम्म आइपुगेको छु। अब बिस्तारै व्यवसायलाई छोराछोरीको जिम्मा लगाई यहि मंसिर ४ गते सम्पन्न हुने संसदीय चुनावमा काठमाडौ छेत्र नम्बर ८ बाट संघीय साम्सद पदको लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको छु ।”

कुँवरले आफूँजस्तो सोझो मान्छेलाई जिताएर पठाएमा पशुपतिनाथको कसम खाएर जीवन भर जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

हजुरलाई नमस्ते ट्रेडलिंकका अध्यक्ष कुँवर चक्रपथ सरसफाई अभियानका संयोजक हुन् । उनको हजुरलाई नमस्ते परोपकारी संस्था पनि यसमा आवद्ध छ । कुँवरले विशेषतः कोभिड संक्रमणले आक्रान्त भएर संसार नै लकडाउनमा परेका बेला काठमाडौँमा अत्यधिक मात्रामा दैनिक रुपमै खाध्यान्न लगायतका अध्यावश्यक सामाग्रीहरु वितरण गरेका थिए ।

हेभी इक्विप्मेन्ट व्यवसायी महासंघद्वारा सम्पानित

यस्तै, बुधबार नै भएको कार्यक्रममा नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले पाँचौ बार्षिक साधारण सभाको अवसरमा संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी कुँवरलाई विशेष सम्मान गरेको छ।

महासंघ स्थापनामा अतुलनीय योगदानको कदर स्वरुप संस्थापक अध्यक्ष कुँवरलाई विशेष सम्मान प्रदान गरिएको महासंघले जनाएको छ।

More News last news
Loading...