चट्याङ लागेर सुनसरीमा २ जनाकाे ज्यान गयाे

सुनसरी l सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज बुधवार चट्याङ लागेर दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा देवानगञ्ज वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादव रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार राईले जानकारी दिनुभयो ।

Advertisement

भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको ज्यान गएकाे हाे भने घर नजिकै रहेको खेतमा घाँस काट्ने क्रममा पानीसँगै आएको चट्याङमा परेर उदितचन्द्रको ज्यान गएकाे डीएसपी राईले जानकारी दिनुभयो ।

More News last news
Loading...