स्मार्ट बक्तिले झिलिमिली बन्यो कोटेश्वर–सूर्यविनायक सडक (फोटोसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीपरआइल्यान्डमा बत्ति जडान गरी सञ्चालनमा ल्याइएको हो। ​

Advertisement

आइल्याण्डमा राखिएका पोलहरूमा प्राधिकरणले १२० वाट क्षमताका ऊर्जा दक्षतायुक्त स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएपछि कोटेश्वर–सूर्यविनायक सडकखण्ड झिलिमिली बनेको छ। कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने करिब ४ सय ५० वटा बत्ति जडान गरिएको हो। यसबाट सडकको रात्रिकालीन सौन्दर्यका देख्न सकिने छ।

काठमाडौं महानगरपालिका, मध्यपुरथिमि र भक्तपुर नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई बृद्धि गर्न स्मार्ट स्ट्रिट लाइट जडान गरिएको बताए।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ ।कोटेश्वर–सूर्यविनायक सडकखण्डका लागि १३ वटा फिडर प्यानल जडान गरिएको छ। सडक बत्तिका लागि मात्र छुट्टै ट्रान्सफर्मर जडान गरिएको छ।

More News last news
Loading...