मकवानपुर l मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।
६ जनाको घटनास्थलमै र एक जनाको भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले बताउनुभयो ।
काठमाण्डाैबाट हेटौँडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तीबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ।
दुर्घटनामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । घाइतेहरूको हेटौँडाका अस्पतालमा उपचार भइरहेको छ।
बस दुर्घटनाग्रस्त हुँदा काठमाण्डाै जाँदै गरेको मधेस प्रदेश–०३–००१ ज ०२७१ नम्बरको जीपमा ठोक्किएको जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
