ललितपुर महानगरका अवैध संरचना ३५ दिनभित्र हटाउन निर्देशन

ललितपुर । ललितपुर महानगरपालिकाले अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आज ३५ दिने सार्वजनिक सूचना प्रकाशन गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएको हो ।

तोकिएको समयभित्र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना नहटाए महानगर आफैँले हटाउने चेतावनी पनि सूचनामार्फत दिइएको छ ।

Advertisement

नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृत लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचना, सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरु ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न पनि महानगरले भनेको छ ।

More News last news
Loading...