अछाम पहिरो अपडेटः १७ शव भेटिए, ६ जना बेपत्ता

काठमाडौं । अछाममा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो।

१७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

Advertisement

बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेकिकोप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको छ ।

उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ।

More News last news
Loading...