जय नेपाल हलको कम्पाउन्ड खोतल्दा वर्षौ देखि हराएको टुकुचा खोला भेटियो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ। आज बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो।

महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ।

Advertisement

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो। खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो। महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।

आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए। महानगरले पछिल्लो समय अनाधिकृत संरचनामाथि डोजर चलाइरहेको छ।

More News last news
Loading...