काठमाडौं । कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दोषी ठहर भएका नेपाली सेनाका पूर्वसहायक रथी पूर्वजर्नेल रमेशराज विष्टलाई ४ वर्ष र बैंकको टेलर सहायक दीपिका रेग्मीलाई ८ वर्ष कैदको सजाय तोकिएको छ।
विशेष अदालतका न्यायाधीशत्रय शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको भदौ ७ गतेको इजलासले उनीहरुलाई दोषी ठहर गरेको थियो।
जसअनुसार पूर्वजर्नेल विष्टलाई ४ वर्ष र टेलर सहायक तथा पूर्वजर्नेलकै प्रेमिका रेग्मीलाई ८ वर्ष कैद सजाय तोकिएको हो।
पूर्वजर्नेल विष्टलाई भने ३१ लाख ६८ हजार रुपैयाँ, टेलर सहायक रेग्मीलाई ३ करोड ९२ लाख जरिवाना तोकिएकोे छ।
अदालतले २०७६ फागुन ७ गते पूर्वजर्नेल विष्ट, टेलर सहायक रेग्मीसँगै दुर्गा ज्वेलरीका संचालक प्रकाश घतानीलाई दोषी ठहर गरेको थियो। अन्य प्रतिवादीहरुलाई भने उच्च अदालत पाटनले सफाइ दिएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक, न्यूरोड शाखा कार्यालयमा ४ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा विष्ट र रेग्मीसहित ८ जनाविरुद्ध २०७६ पुस २९ गते विशेष अदालतमा मुद्दा दर्ता गरेकोमा अन्य प्रतिबादीहरुले भने सफाई पाइसकेकाछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
