कागेश्वरी मनोहरा नगरप्रमुखका १०० दिन: जेष्ठ नागरिकलाई चाडपर्व खर्च, शिक्षकलाई ल्यापटप

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले जेष्ठ नागरिकलाई चाडवार्ड मनाउने खर्चसमेत वितरण गर्ने भएको छ ।

नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कार्यभार सम्हालेको सय दिनमा गरेका काम सार्वजनिक गर्दै जेष्ठ नागरिकलाई चाडवाड खर्च वितरण गर्ने घोषणा गरेका हुन् । नगरपालिकाले आगामीदशै अगाडी जेष्ठ नागरिकलाई चाडवाड खर्चवापतएक हजार रुपैया वितरण गर्ने जनाएको छ ।

Advertisement

नगरपालिकाले जेष्ठनागरिकका लागि नि:शूल्क घर घरमै स्वास्थ्य परीक्षणको पनि व्यवस्था मिलाएको छ । यस बाहेक विशेषज्ञ सेवा कम्तिमा वर्षमा एक पटक पाउने गरी विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरेको छ।

“मेयरसँग जेष्ठनागरिक घरदैलो नि:शूल्क विशेषज्ञ स्वास्थ्यशिविर कार्यक्रम अन्तगर्त सबै वडाका जेष्ठ नागरिकहरुको स्वास्थ्य चेक जाँचका लागि वडा नम्बर–९ बाट सुरु गरिएको छ,” प्रमुख कार्कीले भने । नगरपालिकाले जेष्ठ नागरिकलाई खाजा, जेष्ठ नागरिक भवनतथा जेष्ठनागरिक पार्ककालागिपनि गृहकार्य सुरु गरेको जनाएको छ।

यस्तै नगरपालिकाले किसान कार्डको व्यवस्था गर्दै वर्ष र बाढीबाट क्षति बोहेरेका किसानलाई क्षतिपूर्ति र अर्गानिक कृषि व्यवसाय प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्ने पनि घोषणा गरेको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मेडिकल अधिकृत थपेको नगरपालिकाले नगर अस्पतालको १५ शैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट २० करोड लिएर काम अघि बढाएको छ ।

शिक्षतर्फ सुधारका लागि नगर शिक्षा ऐन संशोधन गरी शिक्षा ऐन २०२८सँग मिलाएको नगरपालिकाले एक शिक्षक एक ल्ल्यापटप अभियान संचालन गरेको छ ।

More News last news
Loading...