राष्ट्रिय आयुर्वेद एशोसिएसन गठन: अध्यक्षमा भट्टराई, महासचिवमा चौधरी

काठमाडौँ । आयुर्वेद अस्पताल व्यवसायीहरुको केन्द्रीय छाता संस्थाको रुपमा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल स्थापना भएको छ। जगत बहादुर भट्टको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

एशोसियसनको बरिष्ठ उपाध्यक्षमा कृष्ण बहादुर राउत र उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, महिला उपाध्यक्षमा निर्मला खत्री रहेका छन् भने महासचिवमा हृदय नारायण चौधरी रहेका छन् ।

Advertisement

त्यसैगरी, सचिवमा नारायण खतिवडा, महिला सचिवमा सरिता भण्डारी, कोषाध्यक्षमा सपना खत्री, उपाध्यक्ष (प्रदेश १) मा ओमराज लिम्बु, उपाध्यक्ष (लुम्बिनी प्रदेश) शालिकराम भुसाल रहेका छन् ।

एशोसिएसनको कार्यसमिति सदस्यमा भने अन्जना मगर, आरती कुमारी चौधरी, लक्ष्मीकान्त पौडेल, जयन्ती सिवाकोटी र किरण न्यौपाने रहेका छन्। एशोसिएसन यहि भदौ १५ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालय र १६ गते समाज कल्याण परिषद्मा दर्ता भएको हो ।

More News last news
Loading...