कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको समय तालिका सार्वजनिक (सूचनासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको समयतालिका प्रकाशन गरेको छ । बोर्डका अनुसार २०७९ असोज ३० गते अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै विषयको परीक्षा हुनेछ ।

दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने नम्बरमध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै असोज ३१ गते सोमबार दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि परीक्षा दिने नम्बरमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ ।

Advertisement

परीक्षामा सहभागी हुनअसोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बुझाउनु पर्नेछ। शुल्क ६०० रुपैयाँ तोकिएको छ । यो अवधिमा शुल्क बुझाउन नभ्याएका विद्यार्थीले १४ गतेसम्म दोब्बर दस्तुर तिरेर शुल्क बुझाउन सक्नेछन् ।

असोज २५ गतेभित्र जम्मा गरेको शुल्कको भौचरसहित आवेदन फारम बुझाउनुपर्ने बोर्डको सूचनामा उल्लेख छ ।

More News last news
Loading...